Biratnagar, Morang, Nepal
७ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

सहकारीको लेखा तालिम

उद्घोष सम्वाददाता
७ पुष २०८१, आइतवार

विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङद्वारा आयोजित ३ दिने सुक्ष्म निकायहरुमा लेखा मापदण्ड सम्वन्धी तीनदिने तालिम शनिबार सम्पन्न भएको छ । 

तालिमका सहभागीहरुलाई सीए सुरज तिम्सिना, सहकारी रजिस्ट्रार हरिबहादुर खत्री, लेखा परीक्षक भगिरथ खनाल, प्राध्यापक हिमा मैनाली र  राजेश दाहालले प्रशिक्षण दिएका थिए । 

सो तालिमको समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा डिल्ली पोखरेलले सहकारीमा लेखा क्षेत्रको महत्व बारेमा प्रकाश पारेका थिए ।

तालिममा मोरङ जिल्लाका २८ सहकारी संस्थाका ३२ जनाको सहभागिता थियो । सो तालिम सीएहरुको संस्था एक्यान मोरङको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

View : 34

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved