Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सहकारीमा अधिक वचत

उद्‌घोष संवाददाता
१३ भदौ २०८२, शुक्रवार

विराटनगर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी संस्थामा वचत रकम अधिक हुँदै गएकोले व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । 

बैंकिङ क्षेत्रमा बचत बढी भई अधिक तरलता भएमा नेपाल राष्ट्र बैंकले ताने जस्तै सहकारी क्षेत्रमा त्यस्तै व्यवस्था गर्ने निकाय आवश्यक भएकोले त्यसका लागि प्राधिकरण सचेत रहेको डा शर्माले बताए ।

जिल्ला सहकारी संघ मोरङले बिहीबार गरेको अन्तरक्रियामा सहकारीकर्मी दामोदर निरौलाले सहकारी संस्थाहरुमा वचत रकम अधिक भएको तर  लगानी भनेजति नहुँदा समस्या हुँदै गएको गुनासो गरे ।

देशको अर्थतन्त्रको तीन खम्बाको रुपमा सरकारी, निजी र सहकारी क्षेत्रलाई लिइन्छ ।

 देशका केही सहकारीमा भएको अनियमिताले समग्र सहकारी क्षेत्र नै बदनाम भएको र अन्य राम्रा सहकारी धेरै भएको तर ती सहकारीमा अधिक तरलता (वचत) हुँदा समस्या देखिदै गएको भन्दै सहकारी सञ्चालकहरुले चिन्ता व्यक्त गरेका हुन् ।

अन्तरक्रियामा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, उपाध्यक्ष डीबी अस्नेत, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा डिल्ली पोखरेल, सचिव राकेश दाहाल, सल्लाहकार रामचन्द्र गौतम, लेखा संयोजक दुर्गाप्रसाद गौतम, सहकारीका सञ्चालक हेरम्पराज भट्टराई, सीता शर्मा दाहाल लगायतले सहकारीको वित्तीय अनुगमन व्यवस्थित हुनु पर्नेमा जोड दिए ।

उनीहरुले पछिल्लो समयमा सरकारले सहकारीलाई प्रवद्र्धन गर्न भन्दा नियन्त्रण गर्न खोज्ने कार्य बेठीक भएको बताएका थिए ।

View : 180

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved