Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

गुरुकुलमा ‘सत्य हरिश्चन्द्र’ मञ्चन हुने

उद्घोष सम्वाददाता
१८ चैत २०८०, आइतवार

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ । सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत २३ देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो ।

आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाई केदार सत्यालले नेपालीमा भावानुवाद गरेका हुन् ।

सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ ।

नाटकको मूल विषय  राजा हरिश्चन्द्रको इमान्दारिता र सत्यको परीक्षा हो ।

नाटकमा रविन चिमरिया, सविन भट्टराई, सागर विश्वास, प्रदिप दाहाल, दीक्षा चौधरीलगायतको अभिनय छ । दैनिक साझ ५ः३० बजे नाटक मञ्चन गरिने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

View : 228

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved