विराटनगर । मोरङ जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् ।
अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरुलाई आफ्नै घरमा लुकी बसेको अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि मोरङ जिल्ला अदालत पठाएको छ ।
पक्राउ पर्नेमा इजाजत नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेको कसुरमा ११ महिना १० दिन कैद र ६ लाख ६२ हजार ८ सय ७० रुपैयाँ जरिवाना तोकी फरार रहेका विराटनगर १८ बस्ने २६ वर्षीय युवराज कुमार साह र विराटनगर–१७ बस्ने ३२ वर्षीया रुपा साह सुडी रहेको मोरङ प्रहरीले जनाएको छ ।
यसैबीच गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागार सुनसरीबाट भागेका कर्तव्य ज्यान मुद्दामा एक कैदी विराटनगरको सीमा क्षेत्रबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २४ वर्ष कैद सजाय तोकिएका सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५ बस्ने २८ वर्षीय पप्पुकुमार यादव रहेका छन् ।
अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानी मोरङमा ल्याई थप अनुसन्धान कार्य भइरहेका जनाइएको छ ।
View : 221
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved