Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

लेटाङ उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
२५ जेठ २०८३, सोमवार

Advertisement

विराटनगर । लेटाङ उद्योग बाणिज्य संघको २८ औं साधारणसभा सम्पन्न भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले साधारण सभाको उद्घाटन गर्दै आर्थिक वर्ष २०८३–८४ को बजेट निजी क्षेत्रका लागि रूपान्तरणकारी भएको बताउँदै इमान्दारपूर्वक कार्यान्वयन भएमा आर्थिक विकासले गति लिने बताए । 

उनले लेटाङमा अलैंची, सुपारी, अम्लिसो र केरा जस्ता प्रमुख कृषि बालीको उत्पादन हुने गरेको भन्दै आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन बढाउन र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 

साथै लेटाङ पर्यटकीय स्थलको रुपमा समेत विकास हुँदै गएको भन्दै प्रचार प्रसार आवश्यक रहेको बताए ।

लेटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभामा महासंघका केन्द्रीय सदस्यहरू रमेशकुमार रसाइली, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की लगायतले शुभकामना दिएका थिए ।

View : 180

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved