Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सुरक्षा प्रमुखहरूलाई मोरङ व्यापार संघले गर्यो स्वागत

उद्‌घोष संवाददाता
१८ फागुन २०८०, शुक्रवार

विराटनगर । सरुवा भएर आएका सुरक्षा निकायका प्रमुखहरूलाई मोरङ व्यापार संघले एक कार्यक्रमका बिच स्वागत गरेको छ । 

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङ्ग, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विश्वबन्धु खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उप– अनुसन्धान निर्देशक तिलक प्रसाँई सहित वरिष्ठ प्रहरी उपरीक्षक जयराज सापकोटा र प्रहरी उपरीक्षक दीपक पोखरेललाई व्यापार संघको कार्यालयमा संघका अध्यक्ष नवीन रिजालले स्वागत गरेका थिए ।

अध्यक्ष रिजाल र निवर्तमान अध्यक्ष प्रकाश मून्दडाले उनीहरूलाई फुल गुच्छा र खादा लगाएर स्वागत गरेका थिए । 

सोही अवसरमा भारतसँग जोडिएको जिल्लाको सीमा नाका र आसपासका क्षेत्रको शान्ति सुरक्षाको अवस्था तथा थप सुरक्षाका आवश्यकताबारे सुरक्षा प्रमुखहरूलाई ध्यानाकर्षण गराएको जनाइएको छ । 

उक्त कार्यक्रममा संघका उपाध्यक्ष अनिल कुमार साहसहित संघका पदाधिकारी, कार्यसमिति सदय,  महिला र युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।

View : 530

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved