विराटनगर । नेकपा एमाले विराटनगर १९ वडा कमिटीले शनिबार आयोजना गरेको घर फर्क अभियान एवं वनभोज कार्यक्रममा विभिन्न दलबाट ८१ जना एमाले प्रवेश गरेका छन् ।
वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा विदुर तिम्सिना लगायतका विभिन्न व्यक्तिहरू एमालेमा प्रवेश गरेको वडा कमिटीका सचिव भोजराज कट्टेलले जानकारी दिए ।
सोही अवसरमा खेलकुद महासंघ वडा कमिटी पुनगर्ठन गरिएको छ । राजिव गौतमको अध्यक्षतामा उपाध्यक्ष रञ्जीत भगत र सचिवमा राधेश्याम माझी चयन भएका हुन् ।
सोही कार्यक्रममा युवा संघको वडा कमिटीको अध्यक्षमा आकाश सरदार र उपाध्यक्ष निर्जल थन्दार चयन भएको जनाइएको छ ।
वडा कमिटीका अध्यक्ष अमरलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जीवन घिमिरे, एमाले मोरङका सचिव सोमराज थापालगायतको उपस्थिति थियो ।
वडा कमिटीले पहिलो पटक आयोजना गरेको वनभोज सम्पन्न गठित व्यवस्थापन उपसमिति संयोजक बौरीदास सरदारले विराटनगर–१९ भित्रका पार्टी सदस्य, शुभेच्छुक सहयोगीहरूको सक्रियतामा कार्यक्रम गरिएको जानकारी दिए ।
View : 232
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved