विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि सोमबार परीक्षा लिएको छ ।
विराटनगरस्थित आदर्श मावि र पोखरिया माविमा केन्द्र तोकेर महानगरले छात्रवृत्तिका लागि परीक्षा लिएको हो । परीक्षाको महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले अनुगमनसमेत गरेका थिए ।
जेहेन्दार, गरिब तथा विपन्नका लागि राज्यले तोकेको छात्रवृत्तिको सुविधा लक्षित वर्गलाई उपलब्ध गराउने उद्देश्यले महानगरले परीक्षा लिएको हो ।
महानगरले गत वर्षदेखि छात्रवृत्तिको परीक्षा लिन सुरु गरेको थियो । त्यसअघि विद्यालयहरुले आफूखुशी छात्रवृत्ति दिंदै आएका थिए । उनीहरुले कागजमा मात्रै सीमित छात्रवृत्ति सुविधा प्रदान गरेको विवरण महानगरमा बुझाउँदै आएका थिए ।
लक्षित वर्गले मात्रै छात्रवृत्ति प्राप्त गराउन् भन्ने उद्देश्यले महानगरले सबै प्रक्रिया पूरा गरेर परीक्षा लिएको मेयर कोइरालाले बताए ।
विराटनगरभित्र सञ्चालित १९ विद्यालयका लागि १ हजार २ सय ७ जनाले परीक्षा दिएका छन् । जसमध्ये ७ सय २७ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन् । एक हप्ताभित्र छात्रवृत्तिको परीक्षाफल सार्वजनिक हुने जनाइएको छ ।
View : 84
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved