विराटनगर : रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरका ५० जना सफाइकर्मी महिलाहरूलाई सारी र चोलो वितरण गरेको छ ।
कर्वाचौदको अवसरमा बुधबार उनीहरूलाई सारी र चोलोसहित पुरानो सारीहरूबाट निर्माण गरिएको झोला समेत वितरण गरिएको हो । सफाइकर्मी महिलाहरूलाई विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले सारी चोलोसहितको झोला हस्तान्तरण गरेकी हुन् ।
यसैगरी विराटनगर डाउनटाउनले विराटनगर महानगरपालिका–७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयको पर्खालमा नेपाली कला संस्कृति झल्किने गरी पेन्टिङ गरेको छ । उक्त पेन्टिङको पनि सोही अवसरमा सार्वजनीकरण गरिएको छ ।
रोटरी क्लब अफ विराटनगर डाउनटाऊनकी अध्यक्ष कुसुम चैनवालाको अध्यक्षताको आयोजित कार्यक्रममा सचिव संगीता सिंघानिया र दुवै कार्यत्रमको संयोजक गिरिजा सारडा लगायतको उपस्थिति रहेको थियो ।
View : 234
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved