विराटनगर । अविरल बर्षाका कारण सिद्धिचरण राजमार्ग अन्तरगत ओखलढुंगाको भँडारे खोलामा आएको बाढीले यातायात अवरुद्ध भएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानास्थित भँडारे खोलाले लेदो र ढुंगासहितको बाढी आएर सडकको १० मिटर क्षति पुर्याएको हो ।
सडकमा क्षति पुगेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यातायात अवरुद्ध हुँदा सडकको दुवैतिर सवारी साधनको लाम लागेको थियो ।
प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको सहयोगमा खोलाले बगाएको सडक खण्डमा ढुंगा माटो लगाएर पुनः सुचारु गरिएको जनाइएको छ ।
View : 383
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved