Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

नक्कली नेपाली नोट बरामद

उद्‌घोष संवाददाता
२३ माघ २०८२, शुक्रवार

Advertisement

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–१ बाट नक्कली नेपाली रुपैयाँ १ हजार दरको २८ थान नोट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इनरुवा–१० जल्पापुरका २५ वर्षीय बहिस मियाँ रहेका छन । 

पक्राउ परेका मियाँले बुधबार राति हरिनगर–१ स्थित किराना पसलमा समान खरिद गर्दा नक्कली नोट दिएको भनी पसलधनीले प्रहरीलाई जानकारी गराउना साथ प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले मियाँलाई तत्काल नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा उनको साथबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरको २८ थान नोट बरामद गरेको हो । 

पक्राउ परेका मियाँको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

View : 304

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved