Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरको प्रवेशद्वार ढाटमा राखिएको राष्ट्रिय झण्डाको अपमान गर्नेलाई मुद्दा

उद्‌घोष सम्वाददाता
१३ फागुन २०८०, आइतवार

विराटनगर, १३ फागुन । विराटनगर प्रवेश गर्नेलाई स्वागत गर्न राखिएको नेपालको राष्ट्रिय झण्डा मध्यरातमा हटाएर अपमान गर्ने युवाको समूहलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ ।

कोशी राजमार्ग अन्तर्गत विराटनगरको पहडगछ ढाटमा स्थानीय राजधानी युवा क्लवले आगन्तुकलाई स्वागत गर्न १२ वटा नेपालको राष्ट्रिय झण्डा लगाएको थियो । बिहीबार राति तीन जनाको समूहले झण्डाको अपमान गरेका थिए । उनीहरुले झण्डा राखिएका ड्राम सडकमा लडाएका थिए । झण्डा लगाइएको फलामे पाइप पनि दोब्य्राइएको थियो ।

मोरङ ग्रामथान–५ का २४ वर्षीय विशाल विश्वास र विराटनगर –३ निवासी दाजुभाई २२ वर्षीय सुमन र सुजन साहले नेपालको राष्ट्रिय झण्डा निकालेर लछारपछार पारेका थिए । विश्वास शुक्रबार पक्राउ परेका थिए ।

मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले आइतबार उनीहरु बिरुद्ध अभद्र ब्यवहारमा मुद्दा चलाइएको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर उपद्रो गरेको प्रहरीको भनाइ छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, मुलुकी देवानी संहिता २०७४ अनुसार राष्ट्रिय झण्डाको अपमान गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने ब्यवस्था छ । तर, उनीहरुले भने झण्डाको अपमान गर्ने उद्देश्य नराखी मातेको सुरमा झण्डा निकालेको प्रहरीको भनाइ छ । झण्डा राख्ने क्लबले उनीहरुलाई हदैसम्मको कारवाहीको माग गर्दै आइतबार प्रहरीमा जाहेरी दिएको छ ।

झण्डा फालेर युवाहरु विराटनगर–३ राजवंशी चोकमा सञ्चालित गजल रेष्टुरेण्टमा गएका थिए । साह दाजुभाइ पनि सो रेष्टुरेण्टका सञ्चालक रहेको स्थानीयको भनाइ छ । रेष्टुरेन्टमा बोलाएर सम्झौता गर्ने आश्वासन दिएपछि आएका युवालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि भागेका उनलाई लखेटेर पुनः नियन्त्रणमा लिइएको थियो ।

View : 4797

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved