Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

नरसिंह स्कुलको अभिभावक दिवस

उद्‌घोष संवाददाता
३० चैत २०८२, सोमवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका–१ हरैंचाबजारस्थित नरसिंह मेमोरियल इङ्लिस स्कुलको ३४औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा शैक्षिक सत्रको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । 

साथै विद्यालयमा अध्ययनरत विद्यार्थीका हजुरबुवा–हजुरआमा तथा ज्येष्ठ नागरिकहरूलाई विशेष सम्मान गरिएको थियो।

सो अवसरमा ‘नरसिंह डान्स आइडल’ पहिलो सिजनका उत्कृष्ट विद्यार्थीहरूलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनुका साथै एसईई दिएका विद्यार्थीहरूलाई औपचारिक रूपमा बिदाइ गरिएको थियो ।

वडाध्यक्ष राम विश्वास खवासको प्रमुख आतिथ्यतमा भएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोबिन्द कार्कीले गुणस्तरीय शिक्षा र अनुशासनलाई प्राथमिकता दिदै विद्यालय अघि बढिरहेको बताए । 

प्याब्सन नगर अध्यक्ष दीपक क्षेत्रीले निजी विद्यालयहरूको शैक्षिक योगदान उल्लेख गरेका थिए ।

कार्यक्रमको समापनमा प्रँचार्य केशव सापकोटाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

View : 107

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved