विराटनगर : गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबार सम्पन्न आठौं वार्षिकोत्सवको अवसरमा मानब सेवा आश्रम विराटनगर शाखालाई वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खाद्यान्न सहयोग गरिएको छ ।
कर्पोरेट कार्यालय पुष्पलालचोकमा संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद उपाध्यायले संस्थाको वर्तमान अवस्था, भावी रणनीति र संस्थागत प्रतिबद्धता सम्बन्धमा प्रकाश पारेका थिए ।
संस्थाका अध्यक्ष उदयनारायण बरालले हालको विषम परिस्थितिमा संस्थाको उन्नति प्रगतिमा साथ दिने आदरणीय ग्राहक वर्ग, नेपाल राष्ट्र बैंक, अन्य नियमनकारी निकाय, शेयरधनी महानुभावहरू र कर्मचारीहरूप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि अझ गुणस्तरीय एवम् प्रभावकारी लघुवित्त सेवा प्रवाह गर्दै गरिब तथा सीमान्तकृत वर्गमा वित्तीय पहुँच पुर्याउन उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
View : 167
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved