Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुन्दरहरैंचामा ९ करोड क्षतिको अनुमान

उद्‌घोष संवाददाता
१० असोज २०८२, शुक्रवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा करिब ९ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बिहीबार सिद्धेश्वर मन्दिरस्थित सभाकक्षमा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृतले यकिन विवरण अझै आउन बाँकी रहेको जानकारी दिए ।

बैठकले क्षतिग्रस्त प्रशासकीय भवन मर्मत गरी तत्काल सेवा सञ्चालन गर्ने र आन्दोलनमा संलग्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको सिफारिस गर्ने निर्णय गरेको छ ।

सिद्वार्थ स्कुलको सहयोग

यसैबीच, जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैंचा नगरपालिकालाई सिद्वार्थ सेकेन्डरी बोर्डिङ स्कुलले सामग्री हस्तान्तरण गरेको छ ।

नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि  सिद्वार्थ बोर्डिङको तर्फबाट सामग्री हस्तान्तरण गरिएको हो । 

सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखाका लागि सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुलले एक थान दराज, कुर्सी र टेबल प्रदान गरेको विद्यालयका प्रँचार्य अर्जुन बस्नेतले जानकारी दिए ।

View : 257

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved