Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

इस्टर्न कलेजमा थप बीई इलेक्ट्रिकल इञ्जिनियरिङ

उद्‌घोष संवाददाता
१४ कार्तिक २०८२, शुक्रवार

विराटनगर । विराटनगर तीनपैनीस्थित इस्टर्न कलेज अफ इञ्जिनियरिङले नयाँ बीई इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

चार वर्षे यो स्नातक तहको कार्यक्रम यस कलेजले अघि सञ्चालन गर्दै आएका अन्य इन्जिनियरिङ कार्यक्रमहरूमा थपिएको नयाँ उपलब्धी हो ।

सो कलेजले विगत २५ वर्षदेखि गुणस्तरीय इञ्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ । हाल कलेजमा सिभिल इञ्जिनियरिङ, कम्प्युटर इञ्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेशन तथा अटोमेशन इन्जिनियरिङ कार्यक्रमहरू सञ्चालनमा छन् ।

कलेजका प्रँचार्य ई अमित सुरानाले बीई इञ्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याउने मुख्य उद्देश्यका साथ  प्रदेश र देशका विद्यार्थीहरूलाई आफ्नै क्षेत्रमा गुणस्तरीय इञ्जिनियरिङ शिक्षा प्रदान गर्ने रहेको बताए ।

नेपाल इञ्जिनियरिङ काउन्सिलद्वारा कोशी प्रदेशमै निजी क्षेत्रको स्थायी मान्यता प्राप्त एक मात्र इञ्जिनियरिङ कलेज रहेको इस्टर्न कलेजले गुणस्तरको प्रमाणपत्रसमेत प्राप्त गरेको छ । 

२५ वर्ष पूरा भएको अवसरमा कलेजले शैक्षिक शुल्कमा विशेष सहुलीयत प्रदान गर्ने जनाएको छ ।

कलेजमा अनुभवी प्राध्यापकद्वारा आधुनिक प्रविधिको प्रयोग गरी अध्ययन–अध्यापन गराइन्छ । साथै, विषयगत प्रयोगशालाहरू, अत्याधुनिक उपकरणसहितका कक्षाकोठा, पुस्तकालय, र फराकिलो खेलमैदानको व्यवस्था गरिएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीका लागि आवश्यक सफ्टवेयर तालिम, शैक्षिक भ्रमण, सेमिनार, प्रस्तुतीकरण, तथा वर्कसप नियमित रूपमा गराइन्छ । 

यहाँबाट स्नातक गरेका विद्यार्थीहरू देश तथा विदेशका प्रतिष्ठित सरकारी र गैरसरकारी संस्थाहरूमा कार्यरत छन्, साथै धेरैले आफ्नै इन्जिनियरिङ फर्म सञ्चालन गरेर रोजगारी सिर्जना गरिरहेका छन् ।

अनुशासित, सुरक्षित र शान्त वातावरणमा अध्ययन गर्न सकिने इस्टर्न कलेज अफ इन्जिनियरिङ कोशी प्रदेशको अग्रणी इन्जिनियरिङ कलेजको रूपमा स्थापित हुँदै आएको छ ।

View : 196

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved