Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बुढानिलकण्ठमा बार्षिक पुरस्कार वितरण

उद्‌घोष संवाददाता
२८ कार्तिक २०८२, शुक्रवार

विराटनगर । विराटनगर–२, स्थित बुढानिलकण्ठ अंग्रेजी माविले गत शैक्षिकसत्र २०८१ को हरेक कक्षाबाट प्रथम, द्वितीय र तृतीय हुने र वर्षभरी साप्ताहिक खेलकुदमा तथा सह–शिक्षण कार्यक्रममा विजयी हुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरेको छ । 

शैक्षिक पुरस्कारतर्फ शैक्षिकसत्र २०८१ का लागि कक्षा नर्सरीदेखि यूकेजी सम्मकै उच्चतम अंक ल्याउने छात्रा रिया राजवंशीलाई नगद पुरस्कार ३ हजार, कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्रा निहाना भट्टराईलाई नगद पुरस्कार ४ हजार र कक्षा ६ देखि ८ सम्मको उच्चतम अंक ल्याउने छात्र अनुभव पौडेललाई नगद पुरस्कार ६ हजार प्रदान गरिएको छ ।

त्यसैगरी कक्षा नौबाट उच्चतम् अंक प्राप्त गर्ने छात्र किसन अग्रवाललाई विद्यालयका संस्थापक खगेन्द्र पाण्डे र ज्ञानु पाण्डेका तर्फबाट फाउन्डर्स अवार्ड १० हजार एक सय ५ रुपैयाँका साथै शैक्षिकसत्रका उक्त पुरस्कृत विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्ति, मायाको चिनो तथा प्रशंसा पत्र वितरण गरिएको छ ।

बिहीबार आयोजित कार्यक्रममा स्कुलका प्रिन्सिपल मणिराज भट्टराई र अध्यक्ष बुद्धिबहादुर प्रधानले संयुक्त रुपमा पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

स्कुलमा हरेक कक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मासिक शुल्कमा क्रमशः ७५५, ५०५ र २५५ रुपैयाँ छुट दिने व्यवस्था पनि गरिएको जनाइएको छ । 

सो अवसरमा स्कुलको बेष्ट व्वाईको उपाधि किसन अग्रवाल, बेष्ट गर्लको उपाधि सरस अधिकारी र वेष्ट अलराउण्डरको उपाधि आयुष ढुंगानाले प्राप्त गरेका थिए ।

हाउसतर्फ हरेक बुधबार हुने कार्यक्रम तथा अन्य सम्पूर्ण शैक्षिक गतिविधिको आधारमा धेरै अंक प्राप्त गरेर ब्लू हाउस विजेता भएको थियो ।

View : 1140

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved