विराटनगर । केही दिनअघिसम्म विशेष महाधिवेशनलाई अवैध भन्दै दम्भ देखाइरहेको शेरबहादुर देउवा र डा शेखर कोइराला समूह अन्तिम समयमा वार्ताका लागि तयार भएका छन् ।
विशेष महाधिवेशन पक्ष र देउवा–शेखर पक्षबीच त्रिपक्षीय रुपमा मंगलबार भएको दोस्रो चरणको वार्ता निष्कर्षविहीन भएको छ ।
सभापति शेरबहादुर देउवाले राजीनामा दिने वा आगामी निर्वाचन नलड्ने विकल्पमा सहमति नजुटेपछि वार्ता टुंगोमा नपुगेको हो ।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरे सहभागी थिए भने देउवा–शेखर पक्षबाट रमेश लेखक र बालकृष्ण खाण बद्री पाण्डे, जीवन परियार र डा मीनेन्द्र रिजाल सहभागी थिए ।
वार्ता निष्कर्षमा नपुगेपछि मंगलबार राती कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मास“ग थप संवाद गर्ने तयारी गरेका थिए । तर त्यो प्रयास पनि सहमति नजिक नपुगेको जनाइएको छ ।
View : 128
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved