विराटनगर । उद्योग संगठन मोरङले पूर्वअध्यक्ष स्व. महेन्द्र गोल्छालाई सम्झिएर १६ औं स्मृति दिवस मनाएको छ । संगठनको कार्यसमितिले सचिवालयमा स्थापित स्व.गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गरेको हो ।
सोही अवसरमा पोखरियास्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री उपलब्ध गराउनुका साथै आश्रितहरूलाई भोजनको व्यवस्था गरेर स्वर्गीय गोल्छाको योगदानलाई स्मरण गरेको जनाइएको छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले पूर्वअध्यक्ष स्व. गोल्छाद्वारा उद्योग व्यवसाय क्षेत्रको हित संरक्षण, व्यावसायिक एकता र निजी क्षेत्रको सुदृढीकरणका लागि पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । आफूहरूले स्व. गोल्छाले देखाएको मार्गदर्शनमा अघि बढ्दै आगामी पुस्ताका लागि समेत प्रेरणाको श्रोतका रुपमा स्मरण गरेको बताए ।
स्व. गोल्छालाई उद्योग संगठनले मात्रै नभई उद्योगमा कार्यरत श्रमिकहरूले समेत स्मरण गर्ने गरेको उनले जानकारी दिए ।
संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले स्व. गोल्छाले उद्योगी व्यवसायीको सामूहिक हित र उद्योग क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखी काम गर्न अभिप्रेरित गर्ने व्यक्तित्व भएको बताए । उनले स्व.गोल्छाले औद्योगिक विकासका लागि तत्कालीन समयमा उठाएका विषयहरू आजका दिनमा समेत उत्तिकै सान्दर्भिक भएकोे उल्लेख गरे ।
स्मृति दिवसमा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा, सुबोध कोइराला एवं कार्यसमिति सदस्यहरू सन्तोष भगत, दीपक अग्रवाल, पारस गोल्छा, प्रतिक राउत लगायतका उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।
View : 231
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved