Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीपको व्यवस्थापन संकायमा नयाँ विद्यार्थीलाई स्वागत

उद्‌घोष संवाददाता
८ साउन २०८२, बिहिवार

विराटनगर । शिक्षादीप कलेजले कक्षा ११ मा व्यवस्थापन संकायमा नयाँ भर्ना भएका ३ सय ४५ जना विद्यार्थीहरूलाई सहभागी गराएर स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । 

कार्यक्रममा विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिंदै शिक्षा र सीपलाई समायोजन गर्नुपर्ने सन्देश दिइएको थियो । 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाले नयाँ विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिंदै शिक्षा केवल प्रमाणपत्रका लागि नभई जीवन उपयोगी सीप हासिल गर्ने अवसरको रूपमा लिन आग्रह गरे । 

कलेजका प्रचार्य ज्ञानबहादुर खड्काले कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए । 

कलेजका प्रमुख निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप कलेजले अब्बल नतिजाका साथै संस्कार र व्यवहारिक सीपमा जोड दिंदै आएको बताए । 

कलेजका अध्यक्ष भीम पराजुलीले शिक्षादीप कलेजले विद्यार्थीलाई नैतिक शिक्षासँगै व्यवहारिक र रोजगारमुखी शिक्षातर्फ उन्मुख भइरहेको उल्लेख गरे । 

सो अवसरमा २३ जना विद्यार्थीलाई सम्मान गरिएको कलेजका व्यवस्थापन संकाय प्रमुख शंकर भट्टराईले जानकारी दिए ।

View : 349

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved