विराटनगर । विराटनगर महानगरस्तरीय कक्षा ५ सम्मका विद्यार्थीबीचको हाजिरीजवाफ प्रतियोगितामा सत्यनारायण मावि विराटनगर–७ विजयी भएको छ ।
बाल मन्दिर आधारभूत विद्यालय विराटनगर–७, शहीद मैदान र विराटनगर महानगरपालिका शैक्षिक फ्रशासन महाशाखाको संयुक्त आयोजनामा शुत्रबार भएको हाजिरीजवाफको अन्तिम प्रतियोगितामा आयोजक बाल मन्दिर आवि द्वितीय भएको छ ।
यस्तै विराटनगर–३ स्थित मदननगर आवि तृतीय र विराटनगर–१६ को महामाया आवि चौथो भएका छन् ।
विक्रम सम्वत् २०६४ सालदेखि सञ्चालित सो प्रतियोगिता अन्तर्गत गत वर्ष महामाया आवि प्रथम भई रनिङ शिल्ड चुमेको थियो भने गोग्राह द्वितीय र आयोजक बाल मन्दिर तृतीय र भानु आवि चौथो भएका थिए ।
फागुन १३ गते विराटनगर महानगरका मेयर नागेश कोइरालाद्वारा उद्घाटन गरी सुरु भएको हाजिरीजवाफमा ४७ विद्यालय सहभागी थिए ।
प्रतियोगितामा विजयी विद्यार्थीलाई विद्यालयको वार्षिकोत्सवको अवसरमा आइतबार पुरस्कार वितरण गरिने प्रधानाध्यापक नेत्र पराजुलीले जानकारी दिए ।
View : 270
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved