विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङको क्षेत्र नम्बर ६ मा इश्वर पोखरेल पक्षका प्यानलै महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । पोखरेल पक्षको नेतृत्व यहाँ सल्लाहकार परिषद् सदस्य विनोद ढकालले गरिरहेका छन् ।
महाधिवेशन प्रतिनिधिमा ढकालले नै सर्वाधिक मत प्राप्त गरेका छन् । घोषित अन्तिम मतपरिणाम अनुसार उनले १५२७ मत प्राप्त गरेका हुन् । सोही प्यानलबाट पितकुमार श्रेष्ठ १२८९, रमेशकुमार पोखरेलले १२८६ र सत्यनारायण चौधरीले १२७६ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
महिला र युवामा पनि क्रमशः पोखरेल प्यानलकै सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भएका छन् । भण्डारीले ११५८, खरेलले १२६४ र घिमिरेले १११८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।
११ औं महाधिवेशनका लागि नेता इश्वर पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका कारण यसअघि विद्या भण्डारी समुहका सवै नेता कार्यकर्ता पोखरेल पक्षमा छन् ।
View : 513
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved