विराटनगर । शुक्रबार विहान ८ बजेतिर मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित नेमुवा चोकबाट पूर्व लागेपछि सडकमा भारतीय नम्बर प्लेटको लरी दुर्घटना भयो । लरी पल्टिएर किच्दा तीन जना बालबालिकाले ज्यान गुमाउनु पर्यो ।
सडक निर्माण गर्ने नाममा सडक भत्काउने र लामो समयसम्म त्यतिकै छाडिदिने प्रवृत्तिले यो सडक यात्राका लागि समेत जोखिमपूर्ण थियो ।
भारतको राजस्थानबाट मार्बल बोकेर आएको आरजे २९ जीबी १५६१ नम्बरको लरी पल्टिंदा स्थानीय ज्योति अधिकारीका दुई जुम्ल्याहा सन्तान र छिमेककी एक बालिकासहित तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्योती समेत ढुंगाले च्यापिएर गम्भीर घाइते बनेका छन् ।
उक्त दुर्घटनास्थलमा के देखियो ? भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्........
View : 341
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved