विराटनगर । गुरु ट्राभल्स लिमिटेडले चौथो साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विज्ञानराज शर्माको प्रमुख आतिथ्यतामा यलो प्यागोडा होटलमा बुधबार साधारणसभा सम्पन्न भएको हो ।
संस्थापक सेयरधनी, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा गुणस्तरीय सेवा विस्तारमा जोड दिने प्रतिबद्धतासमते जनाइएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८०–०८१ को लेखा परीक्षण प्रतिवेदन पारित र आर्थिक वर्ष २०८१–०८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि गरिएको छ ।
कार्यक्रममा व्यवसाय प्रवद्र्धनमा योगदान पुर्याउने सेयरधनी तथा ग्राहकहरू इन्भेस्ट अन ट्राभलिङ अवार्डबाट सम्मानित भएका थिए ।
बसन्तप्रसाद भुसाल, राममोहन महर्जन, गोविन्दप्रसाद शर्मा, सुदीप खड्का, रामकृष्ण श्रेष्ठ, मेख गुरुङ, महेश श्रेष्ठ, मुना भेटेरिनरी हस्पिटल प्रा.लि., एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस नेपाल प्रा.लि. र ग्रीन लायन एजुकेशनल ट्राभल कम्पनी प्रा.लि. सम्मानित भएका कार्यक्रमका प्रमुख सञ्चालक अनिल धरेलले जानकारी दिए ।
साथै कार्यक्रमको अन्त्यमा उत्तम त्रिपाठीले कविता वाचन गरेका थिए भने सभा समापनपछि सहभागीहरुका लागि रात्रिभोज व्यवस्था पनि गरिएको कार्यक्रम सञ्चालकले जानकारी दिए ।
View : 176
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved