Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

मोरङ क्याम्पसमा बीबीएम अभिमुखीकरण

उद्‌घोष संवाददाता
६ मंसिर २०८०, बुधवार

Advertisement

विराटनगर : मोरङ क्याम्पस विराटनगरमा व्यवस्थापन संकाय अन्तर्गत बीबीएम (स्नातक तह अन्तर्गत व्यावसायिक व्यवस्थापन) कार्यक्रममा प्रथम सेमेस्टारमा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार भएको कार्यक्रममा क्याम्पस प्रमुख डा रामावतार शरण, सहायक प्रमुख शिवनारायण चौधरी, पूर्व सहायक प्रमुख वेदेशचन्द्र दास, डा उद्धव पोखरेल, डा मोहन सुवेदी, बीबीएम निर्देशक इन्द्रनारायण देव, रवि रोका, स्ववियु सभापति जसवन्त पौडेल लगायतले मन्तव्य राखेका थिए । 

सो अवसरमा डा जनक सापकोटाले बीबीएमको पाठ्यक्रम, पढाइ विधि एवम् महत्वको बारेमा प्रकाश पारेका थिए ।

मोरङ क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहमा बीबीएस वार्षिक प्रणालीमा र बीबीएम, बीबीए र बीपीए कार्यक्रम सेमेस्टर प्रणालीमा पढाइ हु“दै आएको छ । 

हाल मोरङ क्याम्पसमा व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षा शास्त्र गरी चार संकायमा दश हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

View : 552

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved