नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजगर्मा पूर्णरूपमा अवरूद्ध भएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्णरूपमा अवरूद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए ।
शुक्रबार साँझ ५ बजेको समयमा पुलको बीच भाग भाँसिएपछि यातायात अवरूद्ध भएको प्रजिअ पोखरेलले बताए ।
पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उनले बताए । डाइभर्सन निर्माण गरी यातायात सुचारू गर्न केही समय लाग्ने प्रजिअ पोखरेलले बताए ।
View : 8
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved