सुनसरीमा दुई समुहबीच झडप
विराटनगर । सुनसरी दक्षिणवर्ती क्षेत्र भुटाहामा दुई समूहबिचको झडपले जातीय रुप लिंदा स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले पाँचवटा पालिकाकामा कर्फ्यु लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित पाँचवटा पालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी वेद राज फुयलले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेका हुन् ।
शुक्रबार विहानैदेखि साम्प्रदायिक रुपमा प्रदर्शन हुन थालेपछि सम्भावित सुरक्षा चुनौतिलाई ध्यानमा राख्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाउनु परेको जनाएको छ । गोली चल्दा दुईजना युवकहरु घाइते भएका छन् ।
प्रहरीले ८० राउन्ड हवाई फायर गर्नुका साथै ४० सेल अश्रु ग्यास प्रहार गरेको निमित्त प्रमुख जिल्ला अधिकारी फुयलले बताए ।
कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनलाई निगरानी गरेर चल्न दिइने जनाइएको छ ।
View : 204
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved