Biratnagar, Morang, Nepal
२ जेठ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचन

डम्बर ३ हजार मतले पछि, १० हजार मत कटाए सुहाङले

उद्घोष सम्वाददाता
१७ वैशाख २०८१, सोमवार

विराटनगर । इलाम–२ प्रतिनिधिसभा सदस्यका लागि जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् ।

उनीसँग नेपाली कांग्रेसका डम्बर बहादुर खड्का तीन हजार बढि मतले पछि परेका छन् । 

माङ्सेबुङको वडा नम्बर १, २, ३ को मतगणना सकिंदासम्म सुहाङले १० हजार मत कटाएका छन् । उनले १० हजार ३ प्राप्त गरेका छन् । 

कांग्रेसका डम्बरले ६ हजार ९४४ मत प्राप्त गर्दै ३ हजार ५९ मतले पछि परेका छन् । 

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ५९१ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४४३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले माङ्सेबुङको वडा नम्बर ४, ५ र ६ को मतगणना भइरहेको जनाइएको छ । 

फाकफोकथुमको सवै ६ वडा, चुलाचुलीको सवै ६ वडाको मत पनि गनेर सकिएको छ । ४२ वटा वडा रहेको इलाम–२ मा हालसम्म १५ वडाको मतगणना सकिएको जनाइएको छ ।

View : 72

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved