Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

विरानगरबासीले स्वस्थ पिउनेपानी पाउने

उद्‌घोष सम्वाददाता
१६ जेठ २०८१, बुधवार

विराटनगर । जापानिज संस्था जाईकाको सुविसु कम्पनीसाग संझौतामा नेपाल खानेपानी संस्थान विराटनगर शाखाले यहााका उपभोक्तालाई अबको दुईवर्षपछि शुद्ध र स्वस्थकर पिउने पानी उपलब्ध गराउने भएको छ ।

नेपाल खानेपानी संस्थान विराटनगरका सूचना अधिकारी होमप्रसाद चौलागाईका अनुसार महानगरका सात वटा वितरण केन्ऽबाट पिछरा, कञ्चनबारी र बी एफ एमछेउमा बोरिङ गरी निकालिएको, रानी र मुनालपथमा फिल्टर गरिएको र देवकोटा चौक र तिनपैनिमा शुदीकरण गरेर पिउने पानी उपभोक्ताको घरघरमा बितरण भएको छ ।

करिब एकलाख जनतालाई उपलब्ध भइरहेको पिउनेपानीलाई अझ सहज र स्वस्थ्यकर बनाउनका निमित्त गत वैशाख १० गते जापनिज संस्था जाईकाको सुविसु कम्पनी र नेपाल सरकारवीच २ अर्व ६३ करोड ४६ लाख अनुदान रकमको सम्झौता भएको छ ।

परियोजनाले स्थलगत अनुगमन पूरा गरी जेष्ठ ३० गते मित्रमा काम शुरु गर्ने र सम्झौता भएको २ वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । उक्त परियोजनाले विराटनगर–५ मा नेपाल सरकारको स्वामित्वमा रहेको करिब १४ कट्ठा जग्गा ४० वर्षे दीर्घर्कालीन लिजमा लिएको छ । त्यसमा  १६लाख ५०हजार लिटर क्षमताको नेपालकै सबैभन्दा बढी क्षमताको पानी ट्याङ्की हुने सूचना अधिकारी चौलागाईंको दाबी छ । 

उक्त परियोजनाबाट विभिन्न ठाउामा १२ वटा ओइल प्लान्ट र चार वटा फिल्टर प्लान्ट निर्माण गर्ने र ७० किलोमीटर पाइप लाइन विस्तार गरिने छ । 

हाल नेपाल खानेपानी विराटनगरले महानगरपालिकाको कूल जनसङ्ख्याको २७ प्रतिशतलाई १२ हजार ८ सय वटा धारा जडान गरी पिउने पानी उपलब्ध गराउादै आएको छ । तर अबको दुई वर्षपछि विश्व स्वास्थ्य संङ्गठनले तोकेको मापदण्ड अनुसार पिउन योग्य पानी उपभोक्ताको घरघरसम्म पुर्‍याईं शुद्ध पिउनेपानी उपलब्ध गराइने योजना रहेको सूचना अधिकारी चौलागाईंले बताए ।

शारदा पौडेल, प्रशिक्षार्थी पत्रकार

View : 432

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved