विराटनगर । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले २९ औं वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा सलिको कोशी प्रदेशका कर्मचारीहरूले विराटनगर–५ स्थित मानव सेवा आश्रममा बिहान १० बजे भोजन कार्यक्रमको आयोजना गरेका थिए ।
कार्यक्रममा आश्रममा बसोबास गरिरहेका ६७ जना आश्रितहरूलाई खाना खुवाइएको थियो, सो अवसरमा कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आर्थिक वर्ष २०८१–८२ मा पाँच अर्ब बीमा प्रिमियम संकलन गरेको जनाएको छ ।
View : 329
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved