Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुनकोशीमा बेपत्ता तीन बालबालिका अझै फेला परेनन्, यसरी हुँदैछ खोजी (भिडियो)

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङघाटस्थित सुनकोशी नदीमा आइतबार दिउँसो बेपत्ता भएका तीन बालबालिका अझै फेला पर्न सकेका छैनन् । उनीहरूको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको जनाइएको छ ।

गाउँबाट होली खेल्न भन्दै सुनकोशीतर्फ गएका करीव १५ जना बालबालिकाहरू मध्ये ५-६ जना जति सुनकोशीमा पौडी खोल्न पसेका थिए । उनीहरु मध्ये तीन जना डुबेर बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा त्रियुगा–१४ की १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

उनीहरूको आइतबार रातीसम्म कोशी नदीमा स्थानीय सहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरेपनि शव भेटिएको छैन् । 

प्रनाउ चौधरीका अनुसार सोमबार बिहानैदेखि सुनकोशी नदीमा प्रहरी र शसस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता बालबालिकाहरूको खोजी गरिरहेको जनाइएको छ ।

टोलीमा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीको ९ जना गरी जम्मा १५ जना गोताखोरले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

View : 522

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved