विराटनगर । तिब्र जाडो बढेका बेला रात काट्न कठिन भएका मोरङ कटहरी २ का ५१ जना गरिव परिवारलाई स्थानीय एक दाताले न्यानो कपडा उपलब्ध गराएका छन् ।
नेपाली कांग्रेस कटहरी २ ले सोमबार एक कार्यक्रमको आयोजना गरेर बिपन्न परिवारका सदस्यलाई बाक्लो ब्ल्याङ्केट उपलब्ध गराएको हो ।
स्थानीय समाजसेवी विनोदकुमार गुप्ताले प्रदान गरेको न्यानो कपडा र उनीहरुलाई मिठो मिठाई दिइएको कांग्रेस वार्ड सभापति संजय मण्डलले बताए ।
उनका अनुसार, केही दिनदेखि घामपनि नलागेको र अति बिपन्न परिवारका सदस्यलाई जाडो काट्न समस्या भएको जानकारी गराएपछि गुप्ताले सो सहयोग गरेका हुन् ।
कपडा खरिद गर्न नसक्ने अति गरिव परिवारलाई आवश्यक्ता अनुसार सहयोग गर्दै जाने गुप्ताको भनाई छ ।
सिंघिया खोला किनारमा बसेका सुकुम्बासी परिवारलाई खोलाको चिसो हावाले यो बेला सताउने गरेको छ ।
कांगेस नेता तथा कटहरी गाउँपालिकाका पूर्व अध्यक्ष रामकुमार कामतले न्यानो कपडा बितरण गर्दै बिभिन्न खाले बिपदमा स्थानीय सरकार, समाजका दाता र संघ संस्था अग्रसर हुनु पर्ने बताए ।
View : 178
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved