Biratnagar, Morang, Nepal
३० वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

एमबीएस एक्स्पो: नेपाल टेलिकमको स्टलमा अफरै अफर, इ–सिम पनि पाइने

उद्घोष सम्वाददाता
१५ पुष २०८०, आइतवार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ एक्स्पो २०२३ मा सरकारी दुरसंचार संस्था नेपाल टेलिकमले समेत आफ्नो स्टलबाट विभिन्न प्रकारका अफरहरू दिंदै आएको छ । टेलिकमले स्टलबाटै नयाँ सिम खरिद, रिचार्ज, पुरानो सिम रिप्लेस र फाइबर इन्टरनेट सेवाका अनेकौं अफरहरू दिंदै आएको हो ।

‘नियो कनेक्ट’ अन्तरगत ९० रुपैयाँको सिममा १ जिबी डाटा, १०० एसएमएस र १०० मिनेट भ्वाइस सित्तैमा प्रदान गरिने जनाइएको छ । त्यसका साथै १० रुपैयाँ मेन ब्यालेन्स पनि पाउने जनाइएको छ । १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा १ जिवी, २०० देखि ४९९ सम्मको रिचार्जमा २ जिवी र ५०० देखि १००० सम्मको रिचार्जमा कुल ८ जिबी डाटा प्राप्त हुने जनाइएको छ ।

नयाँ सिम खरिदका लागि नागरिकता वा त्यसको प्रतिलिपी र फोटो आवश्यक हुनेछ । फोटो नभएको खण्डमा भने स्टलबाटै निशुल्क खिचाएर सिम उपलब्ध गराउँदै आएको जनाइएको छ ।

नेपाल टेलिकम व्यापार शाखाकी सहायक प्रशासकीय अधिकृत मन्जु भगतका अनुसार स्टलमा नेपाल टेलिकमका हरेक ग्राहकहरूले सेवाबारे सुझाव दिन सक्ने र उक्त सुझावलाई हरेक दिन लक्की ड्र मार्फत एक जनाले एक वर्षका लागि ५० एमबीपीएसको फाइबर इन्टरनेट तथा एक जनाले ५०० रुपैयाँको रिचार्ज प्राप्त गर्ने जानकारी दिइन् । उनले स्टलबाटै नेपाल टेलिकमबारे धेरै उपयोगी जानकारीहरू समेत पाउन सकिने बताइन् । 

टेलिकमले एनटी फाइबरलाई उही पैसामा २५० प्रतिशत बढी गतिमा अपग्रेड गरेको जनाइएको छ । जसअन्तरगत १० एमबीपीएस गतिको इन्टरनेटलाई २५, २० एमबीपीएसलाई ५०, ३० एमबीपीएसलाई ७०, ४० एमबीपीएसलाई १०० र ८० एमबीपीएसलाई १५० पुर्‍याएको जनाएको छ ।

२० एमबीपीएस (हाल ५०) गतिभन्दा माथिको फाइबर इन्टरनेट खरिदमा एनटी नेट टिभी र टेलिफोन पनि पाइने जनाइएको छ ।

आधुनिक प्रविधिको इ–सिम खरिद गर्न चाहने ग्राहकहरूले समेत टेलिकमको स्टलबाट प्रक्रिया अघि बढाउन सक्ने जनाइएको छ । 

View : 46

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved