विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति अन्तगरगतको ‘बिजनेस इन्क्युबेसन सेन्टर’ आफ्नो ‘प्रि–इन्क्युवेसन’ कार्यक्रमको पहिलो मास्टर क्लास सम्पन्न भएको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा संचालित कार्यक्रमले उद्योग व्यवसायका लागि अगाडि आइरहेका नवीन विचारहरूलाई दिगो उद्यमको प्रणालीमा रूपान्तरण गर्नु रहेको छ ।
यसलाई ‘आफ्नो व्यवसाय चिन्नुहोस्’ शीर्षकमा आयोजना गरिएको महासंघले जनाएको छ । जस अन्तरगत पहिलो सत्रमा छनोट भएका १० जना स्टार्टअप संस्थापक र उद्यमीहरूलाई आधारभूत उद्यमशीलता तालिम प्रदान गरिएको छ ।
उनीहरूलाई विस्तृत मास्टरक्लास अन्तरगत आफ्नो मूल व्यवसाय बुझ्ने, लक्षित ग्राहक वर्गको पहिचान गर्ने, ग्राहकको व्यक्तित्व निर्माण गर्ने र व्यवसायका सबैभन्दा जोखिमपूर्ण अनुमानहरू पत्ता लगाउने तरिकाबारे प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा कोशी प्रदेशका उदीयमान उद्यमहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूमा कृषि व्यवसाय क्षेत्रको फ्रेस्को फार्म र गौमय जस्ता उद्यमहरूदेखि सूचना प्रविधि क्षेत्रका यन्त्रदृष्टि र नेपओसिआर जस्ता आशालाग्दा स्टार्टअपहरूका प्रतिनिधि सहभागी रहेका थिए ।
उनीहरूमार्फत नयाँ उद्यमी तथा साना उद्यमहरूलाई व्यवसायिक मोडल परिमार्जन गर्न र बजारमा पहुँच बढाउन मद्दत गरिएको जनाइएको छ ।
View : 84
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved