Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विद्यालय शिक्षामा प्रत्यक्ष देखिने परिवर्तनबारे प्रशिक्षण कार्यक्रम

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेश कार्यसमितिले विद्यालय शिक्षाको नवीकरण तथा  रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने बारे नेसनल प्याब्सनमा आबद्ध विद्यालयका विद्यालय संस्थापक, प्रधानाध्यापक, उप–प्रधानाध्यापक, निर्देशक, विद्यालय नेतृत्व तथा इञ्चार्जहरूलाई एकदिने प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

पत्रकार सम्मेलन गर्दै विद्यालयको शैक्षिक, व्यवस्थापकीय र भौतिक पक्षमा प्रत्यक्ष देखिने सकारात्मक परिवर्तन ल्याउने, शिक्षक, प्रधानाध्यापकको क्षमता अभिवृद्धि गर्ने, सिकाइ उपलब्धी, विद्यालय वातावरण र समुदाय सहभागिता सुधार गर्ने प्रशिक्षणको मुख्य उद्देश्य रहेको नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालले जानकारी दिए ।

नेसनल प्याब्सन कोशी प्रदेशको आयोजनामा हुन लागेको कार्यक्रममा कक्षाकोठामा सक्रिय सिकाइ, निरन्तर मूल्यांकन प्रणालीको प्रभावकारी प्रयोग, विद्यार्थीको उपस्थिति र सिकाइ उपलब्धी वृद्धि गर्ने रहेको छ ।

यस्तै व्यवस्थापकीय पक्षमा विद्यालय सुधार योजनाको प्रभावकारी कार्यान्वयन, शिक्षक समयपालन र उत्तरदायित्व र अभिलेख तथा सूचना व्यवस्थापनमा सुधार गर्ने उद्देश्य रहेको हो । प्रशिक्षण कार्यक्रम माघ ३ गते शनिबार सुनसरीको इनरुवा नगरपालिकामा हुनेछ । 

शैक्षिक प्रशिक्षणको रुपमा मनोवैज्ञानिक इन्द्रकुमार प्रसाई र पेडागोजी विशेषज्ञ अबधेष केसी रहेको आयोजकले जनाएको छ ।

View : 131

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved