Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

साबुन, फिनेल र हर्पिक बनाउने तालिम

उद्‌घोष संवाददाता
२४ असार २०८१, सोमवार

सुन्दरहरैंचा । एराइज नेपाल सोसाइटीले सिप सिकेर आयआर्जनमा सघाउने उद्देश्यले साबुन, हर्पिक फिनेल बनाउने  तालिम दिएको छ । 

सुनसरीको बर्जुमा आयोजित चार दिने तालिममा  स्थानीय महिला र पुरुष गरी १५ जनाको सहभाागिता रहेको थियो ।

सिप सिकेपछि सानो लगानी गरेर आय–आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम  सञ्चालन गरिएको आयोजक संस्था एराइज नेपाल सोसाइटीका अध्यक्ष पार्वती गच्छदारले बताइन् ।

तालिम समापनका अवसरमा बर्जु पालिकाकी उपाध्यक्ष नितु चौधरीले लगायतले तालिममा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे ।

View : 572

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved