Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

सुमो दुर्घटना हुँदा एक गम्भीर

उद्‌घोष सम्वाददाता
१० पुष २०८१, बुधवार

विराटनगर । काठमाडौंबाट यात्रु लिएर आउँदै गरेको टाटा सुमो खोटाङको केपिलासगढी गाउँपालिका–३ राँटीमा बुधबार अपरान्ह दुर्घटना हुँदा एक यात्रु गम्भीर घाइते भएका छन् । 

केपिलासगढीको फेदीतर्फ आइरहेको ना १ ज ७१८१ नम्बरको उक्त सुमो राँटीमा दुर्घटना हुँदा ७२ वर्षीय दुर्गाप्रसाद राई गम्भीर घाइते भएको जनाइएको छ ।

दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरिएका उनको सोही ठाउँमा प्राथमिक उपचार गरी एम्बुलेन्सबाट जिल्ला अस्पताल खोटाङ पठाइएको गाउँपालिका प्रमुख समिर राईले बताए । 

सडकमा ढलेको बाँसलाई पन्छाउने क्रममा रोकिराखेको सुमो आफैं गुड्दा दुर्घटना भएको खोटाङ प्रहरीले जनाएको छ । 

दुर्घटनापछि भागेका सुमो चालक ईश्वरधन राईले प्रहरी चौकी खार्मीमा आत्मसमर्पण गरेका छन् ।

सुमोमा राई मात्रै यात्रु रहेका थिए । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । 

दुर्घटनाग्रस्त सुमो सडकबाट करीव दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

View : 78

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved