विराटनगर । विश्वकर्मा लोहार सेवा समितिको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रमोदकुमार ठाकुर सर्वसम्मत निर्वाचित भएका छन् ।
समितिका केन्द्रीय अध्यक्ष तेजनारायण ठाकुरको प्रमुख अतिथ्यतामा भएको अधिवेशनले ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा रञ्जीत शर्मा, उपाध्यक्षमा श्रवण ठाकुर, सचिवमा कमल ठाकुर, सहसचिवमा रवोन मिस्त्री लोहार र कोषाध्यक्षमा चन्द्रेश्वर ठाकुर चयन भए । यसैगरी सदस्यहरूमा सन्तोष ठाकुर, सञ्जय ठाकुर, कविता ठाकुर लगायत चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष ठाकुरले आफूले पाएको जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्ने गरी संस्थाको हकहितको लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
View : 251
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved