विराटनगर । पुषको १४ र १५ गते अर्थात डिसेम्बर ३० र ३१ मा भारतको उत्तरप्रदेशस्थित आगरामा हुने अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप–२०२३ मा भाग लिन नेपालको प्रतिनिधित्व विराटनगरबाट ११ जना खेलाडीहरुले गर्दैछन् ।
विराटनगर–११ स्थित बालाजी डोजोका ११ जना खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई मंगलबार एक कार्यक्रमको आयोजना गर्दै मोरङ कराँते महासंघले बिदाई गरेको छ ।
खेलाडीहरुलाई नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद बिकास बोर्डका संस्थापक सदस्यसचिव पर्शुराम बस्नेतले खादा लगाएर विदाई गरेका हुन् ।
कराँते महासंघ मोरङ अध्यक्ष रुपेश बरालको अध्यक्षतामा सम्पन्न विदाई कार्यक्रममा बस्नेतसहित जनपथ माविका व्यवस्थापन समिति अध्यक्ष रोहित कोइराला, विराटनगर–११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, जनपथ माविका प्रधानाध्यापक हरिप्रसाद पराजुली, नेपाल खेलकुद महासंघका नेता सुरज श्रेष्ठ, कराँते प्रशिक्षक मेनुका ठाकुरलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा भाग लिन विराटनगरबाट आकृति कोइराला (८), सोनीया वन (१२), आरुषा कोइराला (१२), अन्वेशा न्यौपाने (१३), दुर्गेशकुमार यादव (११), सन्तोषकुमार साह (१५), अमन सहनी (१६), बिबेक सिंह (१७), पंकज साह (१७), आलोक ठाकुर (१८) र बिशाल चौधरी (२४) खेलाडीहरु बिहीबार आगरा जाँदैछन् ।
खेलाडीहरुसँगै प्रशिक्षकद्वय भुवन कट्टेल र मेनुका ठाकुर तथा व्यवस्थापक अजय ठाकुर पनि प्रस्थान गर्ने जनाइएको छ । च्याम्पियनसीपमा भाग लिन जान लागेका खेलाडीहरुले विभिन्न टाइटलका स्पर्धामा भाग लिने प्रशिक्षक ठाकुरले बताए ।
View : 470
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved