Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ मतगणना

फाकफोकथुमको वडा नम्बर ४ गनेपछि सुहाङले लिए ३४५ को अग्रता

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ ।

चारवटा वडाको मतगणना सकिंदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई नेकपा एमालेका सुहाङ नेम्बाङले उछिनेका छन् । 

फाकफोकथुमको वडा नम्बर १, २ र ३ को गणना सकिंदा खड्कासँग ४२ मतले पछि परेका सुहाङ वडा नम्बर ४ को गणना सकिंदा ३४५ मतले अग्रता कायम गरेका छन् । 

चारवटा वडाको गणना सकिंदा एमालेका सुहाङले २ हजार ५४२, खड्काले २ हजार १९७, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत प्राप्त गरेका हुन् । 

सातवटा वडा रहेको फाकफोकथुममा अहिले वडा नम्बर ५ को गणना जारी छ ।

गत स्थानीय तह निर्वाचनमा फाकफोकथुमको वडा नम्बर १, २, ४ र ७ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेका थिए । एमालेले वडा नम्बर ३, ५ र ६ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका थिए । फाकफोकथुममा नेपाली कांग्रेसका १४ र एमालेका २३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार हालसम्म ५ हजार ७७८ मत गणना भइसकेको छ । 

इलाम–२ मा कुल ६९ हजार २८७ मत खसेको जनाइएको छ । 
 

View : 108

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved