विराटनगर । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा आइतबार डुबेर बेपत्ता भएका मोरङका दुई युवकको शव भेटिएको छ ।
गोसाइँकुण्डबाट उद्दारमा खटिएको सुरक्षाकर्मीको टोलीले उनीहरूको शव निकालेको जनाइएको छ ।
मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन् ।
सोमबार विहान १० बजेतिर उनीहरूको शव निकालिएको जानकारी प्राप्त भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
न्यौपाने र ढकालसहित १३ जनाको समुह काठमाडौंबाट शनिबार गोसाइँकुण्ड गएका थिए ।
आइतबार गोसाइँकुण्ड पुगेर नुहाउनका लागि उनीहरू भने गहिरो भागमा पसेका कारण डुबेका थिए । सँगै गएका साथीहरू भने गोसाइँकुण्डमै रहेका छन् ।
उनीहरूसँग सोमबार विहान धुन्चेबाट पुगेको नेपाल प्रहरीको टोलीले सोधिखोजी गरेर अनुसन्धान अघि बढाएको जनाइएको छ ।
View : 496
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved