विराटनगर । महेन्द्र मोरङ क्याम्पस र नविल बैंकको सहकार्यमा सञ्चालित ‘नविल सामाजिक उद्यमशिलता ‘नबिल एसएसई’ तीन महिने प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । नबिल एसएसई अन्तर्गतको पाँचौ समूहको प्रशिक्षण सम्पन्न भएको हो । सो सँगसँगै छैटौं समूहको प्रशिक्षणको उद्घाटन पनि गरिएको छ ।
युवाहरुलाई नविल बैंकले सामाजिक उद्यमशिलताको क्षेत्रमा अगाडि वढाउने उद्देश्यले सञ्चालित सो तालिममा सहभागी पच्चिस प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरी पाँचौ चरणको तालिम समापन गरिएको छ ।
शनिवार नै छैटौ चरण अन्तर्गतको २५ प्रशिक्षार्थीको सहभागितामा तालिम उद्घाटन गरिएको नविल एसससई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाले वताए ।
कार्यक्रममा वोल्दै साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष चेतन निरौलाले दैनिक दुई हजार बढीको संख्यामा युवाहरु विदेश पलायन भैरहेको अवस्थामा बैंकले उद्यमशिलताको तालिम सञ्चालन गर्नु सराहनीय भएको वताए ।
महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरणले तालिममा सहभागीहरुलाई आफूले सिकेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्न अनुरोध गरे
। नविल बैंकका प्रदेश प्रमुख दीपककुमार श्रेष्ठले सातै प्रदेशमा सो तालिम सञ्चालन भैरहेको वताए ।
सहभागीहरुको तर्फवाट पिञ्च डेकमा क्षितिज गजुरेल, विजयकुमार चौधरी, उदयप्रसाद गुप्ता र अभिषेक श्रेष्ठले भाग लिएका थिए भने त्यसलाई डा चन्द्र तिम्सिना, विनयबिष्णु केसी, किशोर कार्की र ज्योति कोठारीले टिप्पणी गरेका थिए ।
View : 65
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved