Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

विराटनगरमा निकालियो प्रभातफेरी (फोटो)

उद्‌घोष संवाददाता
२४ फागुन २०८०, बिहिवार

विराटनगर । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार विराटनगरमा प्रभातफेरी निकालिएको छ । दिवस मनाउन गठित कोशी प्रदेश स्तरीय मूल आयोजक समितिको आयोजनामा विराटनगरमा प्रभातफेरी निकालिएको हो ।

महिला अधिकार स्थापित गराउनका लागि विभिन्न नारा लेखिएका प्लेकार्डसहित विभिन्न क्षेत्रका महिला प्रतिनिधिहरू सहितको उपस्थितिमा प्रभातफेरीले विराटनगर बजार परिक्रमा गरेको हो ।

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । तर शुक्रबार सार्वजनिक बिदा परेका कारण अघिल्लो दिन नै विराटनगरमा प्रभातफेरी गरिएको हो ।

प्रभातफेरिमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नर्सिङ कलेज, सरकारी कार्यालयका महिला कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दल सम्वद्ध महिला संघसंगठनका प्रतिनिधिहरू, सामाजिक संघ संस्थाका अभियन्ता, स्काउट लगायतको सहभागिता रहेको छ ।

View : 6076

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved