Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

आज विश्वासको मत लिंदै कोशीका मुख्यमन्त्री कार्की

उद्घोष सम्वाददाता
२ असोज २०८१, बुधवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिंदैछन् । दिउँसो १ बजे सुरू हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।

उनलाई मुख्यमन्त्री बन्न सहयोग गरेको दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि चार महिनाका बीचमा दोस्रोपटक विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्रीलाई आइलागेको हो । 

नेकपा माओवादी केन्द्रले कार्की नेतृत्वलाई दिएको समर्थन भदौ १४ मा फिर्ता लिएको थियो । माओवादी समर्थनमा गएको वैशाख २७ गते मुख्यमन्क्री नियुत्त एमाले नेता कार्कर्लीे पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

गएको असार १७ मा केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि कोशीमा साउन ११ मा माओवादीले सरकार छाडेको थियो । कोशी सरकारमा नेपाली कांग्रेस सहभागी भइसकेको छ । 

कोशी प्रदेशसभाका दुई ठूला दलको गठबन्धन भएका कारण मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउने अवस्था छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन् भने दोस्रो ठूलो दल कांग्रेससँग २९ जना सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत भए पुग्छ । सत्ता गठबन्धनसँग  ६९ जना सांसद संख्या छ ।

View : 88

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved