विराटनगर, २४ मंसिर । उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशप्रसाद राजभण्डारीले भ्रष्टाचारका कारण मुलुकको विकास र प्रगति हुन नसकेको र यसले मानवअधिकार संरक्षणमा समेत अवरोध पुर्याएको बताएका छन् ।
मानवअधिकारको संरक्षणमा युवाहरु इमान्दार भएर लाग्नुपर्ने उनको भनाइ छ। आइतबार विराटनगरमा आयोजित भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाऔं भन्ने नारासहित ७५ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यन्यायाधीश राजभण्डारीले जीवन निर्वाहको अधिकार नै मानवअधिकार भएको बताए ।
उनले भ्रष्टाचारका कारण मानवअधिकारका मूल्य र मान्यतामा ह्रास आइरहेको धारणा राखे । एड्भोकेसी फोरम नेपाल कोशी प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले मानवअधिकारका मूल्य र मान्यताहरु परिवर्तन भईरहेको बताए । साथै जनतालाई जीवन निर्वाहको वातावरण राज्यले बनाउन सक्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा उच्च अदालतका न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, कानुन व्यवसायी र कानुनका विद्यार्थीहरुको सहभागिता थियो ।
View : 431
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved