एनपीएलको खेल तालिका
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता आगामी अक्टोबर २६ (कार्तिक १०) देखि सुरू हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।
क्यानका अनुसार लिग चरणका खेलहरू कार्तिक २९ गतेसम्म चल्नेछन् । त्यसपछि कात्तिक ३० गते विश्राम रहनेछ भने मंसिर १ गते पहिलो क्वालिफायर खेल हुनेछ ।
खेल तालिका अनुसार विराटनगर किंग्सले समुह चरणको पहिलो भेट चितवन राइनोज् र अन्तिम भेट दोस्रो सिजनको विजेता लुम्बिनी लायन्ससँग हुने तय भएको छ ।
यस्तै मंसिर २ गते एलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर खेल सञ्चालन हुनेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर २१ (मंसिर ५ गते) मा हुने तालिकामा उल्लेख छ ।

View : 32
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved