Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष क्रिकेट प्रतियोगिता

मधेससँग कोशी २२ रनले पराजित, सात विकेट लिने कोशीका विपीन बने म्यान अफ दि म्याच

उद्‌घोष संवाददाता
१० कार्तिक २०८१, शनिवार

विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको नरेश श्रेष्ठ स्मृति वाइवाई अण्डर १९ पुरुष क्रिकेट प्रतियोगिता अन्तरगतको उद्घाटन खेल मधेस प्रदेशले जितेको छ । आयोजक कोशी प्रदेशलाई मधेसले २२ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको मधेसले ४६ दशमलव २ ओभरमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।

मधेसका लागि मयान यादवले सर्वाधिक ५२ रन जोडे । त्यस्तै साहिल पटेलले ४८ रनको योगदान गरे ।

१८६ रनको लक्ष्य पाएको कोशी प्रदेशले विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला (बैजनाथपुर क्रिकेट मैदान) मा उत्कृष्ट लय समातेपनि विकेट टिक्न नसक्दा पहिलो खेलमै पराजय भोग्न पुग्यो ।

मधेसलाई रोक्न कोशी विपिन कुमार महतोले ४२ रन खर्चिएर सर्वाधि सात विकेट लिए । त्यस्तै प्रेम कामतले २ विकेट लिए ।

विपीन आफ्नो टिमको पराजयका वावजुद पनि खेलको म्यान अफ दिन म्याच घोषित भए ।

उनले टिमले राम्रो लय पकड्दा पकड्दै पनि दुईजना ब्याटर रन आउट हुन पुग्दा खेलमा असन्तुलन उत्पन्न भई खराव नतिजा सामना गर्नुपरेको बताए ।

View : 358

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved