Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

प्रहरीलाई २०० थान पुस्तक हस्तान्तरण

उद्‌घोष संवाददाता
१ जेठ २०८३, शुक्रवार

विराटनगर । विष्णुमाया पुस्तकालयले जिल्ला प्रहरी कार्यालय मोरङलाई २०० थान पुस्तक र पत्रपत्रिका प्रदान गरेको छ । 

शुक्रबार पुस्तकालयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कवित कटवाललाई पुस्तकालयका अध्यक्ष केशव गौतम लगायतले पुस्तकहरू हस्तान्तरण गरेका हुन् ।

प्रहरी उपरीक्षक कटवालले हिरासतमा रहेका थुनुवाहरूको आचारण सुधार अभियान चलाइरहेको बताए । पुस्तकालयले पनि सोही अभियानमा सहयोग पुर्‍याउन पुस्तक हस्तान्तरण गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

यसबाट हिरासतमा रहने थुनुवाहरूलाई पुस्तक तथा पत्रपत्रिका पढ्ने सुविधा पुग्ने जनाइएको छ । 

सोही अवसरमा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले पनि सौगात प्रकाशन प्रालिबाट प्रकासित पुस्तक र अन्य पुस्तकहरू प्रदान गरेका थिए ।

View : 161

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved