Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सिडिओ कार्यालयलाई उद्योग वाणिज्य महासंघद्वारा १० थान कम्प्युटर प्रदान

उद्‌घोष संवाददाता
६ असोज २०८२, सोमवार

विराटनगर । जेनजी प्रदर्शनका क्रममा अराजक समूहको आगजनीबाट जलेर क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले १० थान कम्प्युटर सेट प्रदान गरेको छ । 

महासंघको तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई आइतबार कार्यालयमै पुगेर कम्प्युटर हस्तान्तरण गरेका छन् । 

अराजक समूहको तोडफोड, आगजनी लुटपाटबाट जिल्ला प्रशासन कार्यालय मोरङ कम्प्युटर लगायतका उपकरणविहीन भएको थियो ।

आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात र अभिलेख लगायतका सामग्री जलेका छन् । 

कार्यालयभित्रै आगो लागेका कारण अहिले सरसफाई र पुनः रङरोगनको काम भइरहेको जनाइएको छ । 

कार्यालय विस्तारै सञ्चालनको तयारीमा जाँदा महासंघको तर्फबाट आवश्यक कम्प्युटरहरू सहयोग प्रदान गरिएको जनाइएको छ । 

महासंघका कार्यकारी निर्देशक भण्डारीले अध्यक्ष राजेन्द्र राउतको अग्रसरतामा जिल्ला प्रशासन कार्यालयलाई १० थान कम्प्युटर प्रदान गरिएको जानकारी दिए । 

आगजनीबाट क्षति पुगेको कार्यालयको भवनमा रङरोगनका लागि एशियन पेन्टस्ले तीन सय लिटर रङ सहयोग प्रदान गरेकोमा रङरोगन खर्च समेत महासंघको तर्फबाट उपलब्ध गराइएको जनाइएको छ । 

त्यसैगरी दुई थान टेबल कुर्सीसमेत उलब्ध गराइएको कार्यकारी निर्देशक भण्डारीले बताए । 

View : 247

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved