विराटनगर । उदयपुर र भोजपुर जोड्ने रानीटारमा फेरी दुर्घटना हुँदा त्यसमाथि तारिंदै गरेको बस डुबेको छ । फेरीमा राखेर तार्दै गरेको बा ३ ख ६३३९ नम्बरको यात्रु बस सुनकोशीमा डुबेपछि बसका चालकको उद्दार गरिएको छ ।
बसका यात्रुहरूलाई भने ओरालिएका कारण ठुलो क्षति हुनबाट जोगिएको जनाइएको छ ।
यहाँ प्लाष्टिकको ड्रमलाई बाँधेर फेरी बनाइएको थियो । त्यसैमाथि राखेर बस तार्ने क्रममा फेरीलाई तान्ने तार चुडिएपछि सन्तुलन बिग्रिएर दुर्घटना भएको जनाइएको छ । उदयपुरबाट भोजपुरतर्फ बस तार्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
डुबेको फेरी संचालक समेत रहेका रत्न तामाङको हो । बस इटहरीबाट भोजपुरको आमचोकतर्फ जाँदै इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
हिउँदको समयमा सुनकोशीमा पानीको बहाव घट्ने भएका कारण स्थानीयले नै प्लाष्टिकका ड्रमलाई जोडेर करीव २५ लाख रुपैयाँको लागतमा फेरी निर्माण गरेका थिए । एउटा तारेको उनीहरूले दुई हजार रुपैयाँसम्म लिने गरेका थिए ।
View : 213
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved